बैशाख १४, २०८१, शुक्रबार
               

अफगान सरकारले थप तालिबानीलाई रिहा नगर्ने

एजेन्सी
असार २३, २०७७

ADVERTISEMENT

अफगानिस्तान सरकारले देशको जेलमा रहेका र त्यहाँको सरकारले रिहा गर्न बाँकी रहेका तालिबानी लडाकूहरूलाई अब रिहा नगर्ने बताएकाे छ ।

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले केही महिनायतादेखि अफगानिस्तानको जेलमा रहेका तालिबानी लडाकूहरूलाई रिहा गरिरहेका थिए । 

उनले करिब ४ हजार जना तालिबानीहरूलाई रिहा गरिसकेको बताइएको थियो ।  उनले देशको जेलमा रहेका करिब ५ हजार जना तालिबानहरूलाई रिहा गर्ने जनाएका थिए । 

तर पनि अब यो पछिल्लो लटमा रिहा गर्ने भनिएका करिब ६ सय जना भने गम्भीर खालको अपराधमा संलग्न रहेकाले उनीहरूलाई रिहा नगरिने उनले बताए । अफगानिस्तानमा हिंसा मच्चाइरहेका तालिबानीहरूसँग सरकारले वार्ता गर्ने तयारी गरेको बताइएको छ । त्यसैले सो वार्ताको लागि पूर्वसर्तका रूपमा अफगानिस्तानको जेलमा राखिएका सबै जना आफ्ना सदस्यहरूलाई रिहा गर्नुपर्ने माग तालिबानी संगठनले गरेको छ ।

अमेरिकाले अफगानिस्तानका तालिबानहरूसँग शान्तिवार्ता गर्ने पहल गरेको छ । केही महिनाअघि अमेरिकाले तालिबान र अफगानिस्तानको सरकारका प्रतिनिधिसँग पनि वार्ता गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि