बैशाख १४, २०८१, शुक्रबार
               

मालोर्कामाथि एट्लेटिकोको सहज जित, मोराटाको दोहोरो गोल

नेपाल फ्ल्यास
असार २०, २०७७

ADVERTISEMENT

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएको खेलमा एट्लेटिको मड्रिडले मालोर्कामाथि सहज जित निकालेको छ । वान्डा मेट्रोपोलिटानो स्टेडियममा भएको खेलमा घरेलु टोली मड्रिडले ३-० को सहज जित निकालेको हो ।

मड्रिडको जितमा अल्भारो मोरटाले २ गोल र कोकेले १ गोल गरे। खेलको २९ ‍औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै मोराटाले मड्रिडलाई अग्रता दिलाएका थिए। फेरि पहिलो हाफको अतिरिक्त समयमा उनले नै दोस्रो गोल गर्दा पहिलो हाफमै एट्लेटिको मड्रिड २ गोलले अघि रह्यो ।

दोस्रो हाफमा एट्लेटिकोका मिडफिल्डर कोकेले अर्को गोल थपे। खेलको ७९ मिनेटमा उनले गरेको गोलसँगै एट्लेटिको मड्रिड ३-० को सहज जित हात पार्‍यो ।

जितसँगै ३४ खेलबाट ६२ अंक जोडेको एट्लेटिको अंकतालिकाको तेस्रो स्थानमा यथावत छ। त्यस्तै मालोर्का २९ अंकसहित रेलिगेसन जोनमा छ। तालिकाको शीर्षस्थानमा ७४ अंकसहित रियल मड्रिड र दोस्रो स्थानमा ७० अंकसहित बार्सलोना छ ।


कस्तो लाग्यो ?

यो पनि