बैशाख ०७, २०८१, शुक्रबार
               

हराएका छैनन् मणि (टिप्पणी)

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

नेकपाका स्थायी समिति सदस्य एवं खानेपानीमन्त्री मणि थापाले एक कार्यक्रममा दिएको अभिव्यक्तिका केही शब्द केही दिनयता भाइरल बने । खासमा त्यो कुनै चामत्कारिक थिएन । नेपाल सरकार भन्नुपर्नेमा श्री ५ को सरकार भनियो । जिब्रो चिप्लियो । दिमागी हार्डडिक्सले त्यसपछिका शब्दहरू फिल्टर गर्दा बोलिरहेको शब्दमा सही लगाम लगाउन सकेन । यो सबैको हुन्छ । कुनै बेला प्रतापी नेता प्रचण्डको पनि भएको थियो । शब्द भनेको सार बुझाउनका लागि हो । 

गल्ती बोलिएको कुरा तत्कालै सच्चियो । सच्याइयो । अध्याय सकियो । तर, नेपालमा एउटा जमात छ । त्यसको काम नै नेगेटिभ तरंग पैदा गर्ने हो । त्यो जमातले काम पायो । त्यही कुरालाई भाइरल बनाउने चेष्टा गर्‍यो । केही रूपमा गरायो पनि ।

नेकपा विभाजन (औपचारिक नभए पनि)सँगै उनी ससुरा प्रचण्डतिर लाग्ने अस्वाभाविक थिएन । तर, त्यो ठाउँमा ओलीले मणिलाई ल्याएर प्रचण्ड र त्यो पक्षका नेताहरूलाई गतिलो सन्देश दिए । त्यही सन्देशको जवाफ एकथरिले अहिले मणिलाई फर्काएका मात्र हुन् । किनकि हिजो प्रचण्डलगायत नेताबाट यस्ता शाब्दिक त्रुटि निकै भइसकेका थिए । फरक यति मात्र छ कि मन मिल्दा त्यसलाई सहज ढंगले लिइयो ।

राजनीतिमा रूप पक्षभन्दा सार पक्ष प्रधान हो । यहाँ मन्त्री थापाको सार पक्षको चर्चा गरिन्न । मणि थापा ती हुन् जो औसत नेताभन्दा सरल छन् । सामान्य छन् । तर, उनको चिन्तनको उचाइ औसत नेतासँग तुलनायोग्य छैन । पूर्वीय दर्शन, कम्युनिस्ट आदर्श र प्रगतिशील साहित्य एवं संगीतमा उनको गहिरो दक्खल छ । त्यसैको प्रभावले होला, मणिले आफ्नो भुल उत्तिखेर सच्याएनन् मात्र । सामाजिक सञ्जालमार्फत् क्षमा पनि मागे । यहाँ त देश डुबाउनेहरू पनि आफ्नो गल्ती कहिल्यै स्वीकार गर्दैनन् । सत्तामा भएकालाई त झनै उन्माद नै चढ्छ । तर, सामान्य भुलमा पनि क्षमा मागेर मन्त्री थापाले महानता प्रदर्शन गरे । शालीनता पनि देखाए ।

यसअघि खानेपानी मन्त्रालयमा बिना मगर थिइन् । बिनाको विगतबारे जोकोही जानकार नै छ । धेरै लेखिरहनु पर्दैन । तर, मन्त्री रहुन्जेल बिनालाई टिक्न नदिनेहरू धेरै थिए । हुन पनि उनको मन्त्रालयको कार्यसम्पादन राम्रो पनि रहेन । बिना र अहिलेका खानेपानीमन्त्रीको नाम आयो भने न्यायको तराजु नै भाँचिने खालको वजन मणिको पक्षमा अझै आउँछ । तर, अहिले केही मानिस एउटा शब्दमा चिप्लिएका मणिलाई लघार्न लागिपरेका छन् । 

नेकपा विभाजन (औपचारिक नभए पनि)सँगै बिना ससुरा प्रचण्डतिर लाग्नु अस्वाभाविक थिएन । तर, त्यो ठाउँमा ओलीले मणिलाई ल्याएर प्रचण्ड र त्यो पक्षका नेताहरूलाई गतिलो सन्देश दिए । त्यही सन्देशको जवाफ एकथरिले अहिले मणिलाई फर्काएका मात्र हुन् । किनकि हिजो प्रचण्डलगायतका नेताबाट यस्ता शाब्दिक त्रुटि निकै भइसकेका थिए । फरक यति मात्र छ कि मन मिल्दा त्यसलाई सहज ढंगले लिइयो ।

राजनीति कमाउनका लागि होइन । यो व्यापार पनि होइन । यसो भन्दैमा राजनीति सन्यासी बन्नका लागि हो भन्ने पनि होइन । आफ्ना एजेन्डा स्थापित गराउन राजनीति गर्ने हो । अनि समाज र राष्ट्रको सेवक बन्न राजनीतिमा होमिने हो । राजनीतिमा होमिइरहेका केही पात्र एक्लो वृहस्पतिजस्तो चम्किइ रहे । तर, कहिल्यै अवसर पाएनन् । सदैव पर्दा पछाडि पार्ने प्रयासहरु भए/गरिए । बाबुराम भट्टराई धारमा लामो समय रहेका टोपबहादुर रायमाझीहरूलाई सदैव पछि पार्न खोजियो । यस अर्थमा प्रचण्डभन्दा ओली ठीक छन् । उनले आफ्ना र आफन्त भनेका छैनन् । गुट हेरे होलान्, तर नाता हेरेका छैनन् । तर प्रतिस्पर्धी प्रचण्डको वरिपरिको घेराबन्दी हेरे को गलत को सही छुट्याउन कठिन छैन । 

सुदूरपश्चिमका खम्बा लेखराज भट्टले मोटरसाइकलमा सवार गराएर होस् वा बन्दुक बोकेर, प्रचण्डलाई साथ दिए । उनी हुनेखाने नै थिए । उनलाई जीविकोपार्जनका लागि बन्दुक बोक्न जरुरी थिएन । अप्ठेरोमा साथ दिए प्रचण्डलाई । तर, उनलाई पनि सदैव शंकाको नजरले हेर्ने गरियो । मणि थापा त त्यस्ता वामपन्थी नेता हुन् जसले सारङ्गीको धुन सुनेर राजनीतिको नाटकमात्र हेर्नु परिरह्यो ।

बहुमतको प्रधानमन्त्रीले निर्वाचनमा जान पाउँछ । संसदीय लोकतन्त्रमा विश्वास गर्ने, तर संसदीय पद्धति र परम्परा तथा अन्तर्राष्ट्रिय अभ्यासमा आँखा चिम्लनुजस्तो अलोकतान्त्रिक केही हुन सक्दैन । तर, विडम्बना हाम्रो देशको सडकमा केही दर्जन मानिसले लोकतन्त्रको प्रमाणपत्र बाँड्ने दुष्साहस गर्दै आएका छन् ।

यस अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गराए । लगत्तै टोपबहादुर, लेखराज र मणिहरूले प्रधानमन्त्रीलाई साथ थिए । त्यसैले उनीहरूलाई प्रतिगामी कित्तामा उभिएको भन्ने आरोप लाग्ने गरेको छ । यो आरोप कति सही वा गलत त भविष्यले फैसला गर्ला ! यति बुझ्न चाहिँ सकिन्छ कि प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गराएर भयानक भुल गरे । अब त्यो भुल सच्याउने मुख्य बाटो भनेको निर्वाचन नै हो । मणिहरूले ओलीलाई साथ दिएर निर्वाचन सुनिश्चित गराउनेतर्फको मार्ग रोजे, चुकेको राजनीति फेरि लिकमा फर्काउन सकियो भनेर ।  यो कदमलाई साथ नदिएर निर्वाचन हुन नदिने खेलमा ओलीइतरहरू होमिइरहेका छन् यतिबेला । जानेर हो वा नबुझेर ! यदि निर्वाचन हुन दिइएन भने त्यस्तो इतिहास लेखिन सक्छ जहाँ प्रचण्ड-नेपालहरू साँच्चिकै प्रतिगामी ठहरिनेछन् । 

एकाध विष्णु पौडेलहरूबाहेक ओलीको चौघेरामा गतिला पात्र देखिँदैनन् । त्यसैले होला गल्ती भयो । भइसक्यो । तर, ओलीले बरु आफ्नैलाई सत्ता हस्तान्तरण गर्नुपर्ने थियो । त्यो गरेनन् । त्यो भुल नै हो । अब त्यो अध्याय समाप्त भइसकेको छ । बहुमतको प्रधानमन्त्रीले निर्वाचनमा जान पाउँछ । संसदीय लोकतन्त्रमा विश्वास गर्ने, तर संसदीय पद्धति र परम्परा तथा अन्तर्राष्ट्रिय अभ्यासमा आँखा चिम्लनुजस्तो अलोकतान्त्रिक केही हुन सक्दैन । विडम्बना हाम्रो देशको सडकमा केही दर्जन मानिसले लोकतन्त्रको प्रमाणपत्र बाँड्ने दुष्साहस गर्दै आएका छन् ।

त्यसैले मणिहरूको कदम सही छ । मणि हराएको छैन । अझै मणि जीवित छ । जीवन्त छ । मुलुक र राजनीतिलाई सही मार्गमा डोर्‍याउने हो भने निर्वाचनबाटै सम्भव छ । बरु विगतमा भएका गल्ती कमजोरी के-के सच्याउने हो ? जनताको चाहना के-के छन् ? प्रतिनिधिसभा विघटनजस्ता संविधानका विवादास्पद खालका प्रावधान के-के छन् ? संविधानका असंगतिहरूलाई पनि एकमुष्ट संशोधनका लागि बहसको थालनी गरौँ । आफूअनुकूल निर्णय गर्दा क्रान्तिकारी र प्रतिकुलतामा प्रतिगामी रूपमा हेर्ने चस्मा परिवर्तन गरौँ ।


कस्तो लाग्यो ?

यो पनि