बैशाख ११, २०८१, मंगलबार
               

फेसबुकसँग ओली सरकारले माग्यो ९२१ प्रयोगकर्ताको डाटा

नेपाल फ्ल्यास
जेठ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले फेसबुकसँग सन् २०२० मा ९२१ जना प्रयोगकर्ताको डाटा फेसबुकसँग मागेको छ । कानुनी प्रक्रिया तथा आपतकालीन प्रक्रिया तथा आपतकालीन जानकारीका लागि भन्दै सो डाटा माग गरेको हो । सन् २०२० को पछिल्लो ६ महिनाको अवधिमा मात्रै सरकारले ५५९ जना प्रयोगकर्ताको डेटा माग गर्दै ४०६ पटक फेसबुकसँग सम्पर्क राखेको छ ।

जब कि वर्षको सुरुवाती छ महिनामा २८३ पटकको अनुरोधमा ३६२ जना प्रयोगकर्ताको जानकारी मागिएको थियो । पछिल्लो पटकको अनुरोधमा ३८० वटा कानूनी प्रक्रियासँग र २६ वटा आपतकालीन खुलासा (इमर्जेन्सी डिसक्लोजर) सँग सम्बन्धित रहेका थिए ।

फेसबुकले स्थानीय कानुन र आफ्नो सेवाको शर्त अनुसार सरकारको आग्रहमा प्रयोगकर्ताको डाटा उपलब्ध गराउँदै आएको छ । कम्पनीले यस्ता हरेक अनुरोधका लागि पर्याप्त कानूनी आधारलाई सावधानीपूर्वक हेर्ने गर्दछ ।

कतिपय अवस्थामा फेसबुकले थप आधार माग गर्ने तथा त्यस्ता अनुरोधलाई अस्वीकारसमेत गर्दछ ।


कस्तो लाग्यो ?

यो पनि