चैत १६, २०८०, शुक्रबार
               

मंगल ग्रहमा इन्जुनिइटीनामक हेलिकोप्टर उडाउने तयारीमा नासा

नेपाल फ्ल्यास
चैत ११, २०७७

ADVERTISEMENT

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा हेलिकप्टर उडाउने अपेक्षा आफूले राखेको बताएको छ।नासाले सो अपेक्षा अप्रिलको सुरुमा पूरा हुने बताएको छ ।

नासाले एक महिनाअगाडि मंगल ग्रहको सतहमा अवतरण गराएको पर्सिभिअरन्स नामक यानसँग इन्जुनिइटी हेलिकोप्टर  पठाइएको थियो । जसको तौल १.८ किलो थियो । 

नासाका अनुसार दुईवटा रोटर भएको सो इन्जुनिइटीनामक हेलिकप्टर मंगलमा उड्ने प्रयास गर्नेछ। यदि त्यो सफल भए राइट दाजुभाइको जस्तो समय  नासाको भनाइ छ । 

नासाले मंगल ग्रहमा पठाएको हेलिकप्टरमा त्यो पहिलो उडानको पङ्खाको सानो कपडा टाँसिएको बताएको छ।

अहिले हेलिकप्टर पर्सिभिअरन्सको पेटभित्रै रहेको छ। गएको सप्ताहान्तमा यसलाई छोप्ने बिर्को भने खोलिएको छ र अबको केही दिनमा हेलिकप्टरलाई जमिनमा राखिने छ।

हेलिकप्टरका लागि इन्जिनियरहरूले १० मिटर लम्बाइ र उत्तिकै चौडाइको क्षेत्र रोजेका छन्। त्यहाँ सो हेलिकप्टरले पाँच वटा छोटो दूरीको उडान भन्ने प्रयास गर्नेछ।

यो पनि