
काठमाडौं । आर्थिक गतिविधि तथा रोजगारीसमेतलाई समेटेर ६ महिनाअघि आएको व्यावसायिक सञ्जाल ‘रोलिङ नेक्सस’ विधिवत रूपमा सुरूवात गरिएको छ ।
ललितपुरमा आज मंगलबार एक समारोहबीच सञ्जालको औपचारिक सुरुवात तथा तीनवटा एप सार्वजनिक गरिएको हो ।
रोलिङ नेक्ससका अध्यक्ष अनुप जंगमले नेपालमा धेरैजस्ता साइटहरु रोजगारदाता र श्रमिकलाई भेटाउने गरी सञ्चालनमा रहेको उल्लेख गर्दै आफ्नो प्रयास उद्यमीहरुका लागि बजार खोज्ने पनि रहेको जनाए ।
उनले रोजगारदाता र श्रमिकलाई जोडन तथान सिप भएर पनि बजार नपाएकाहरूका लागि आफ्नो एप उपयोगी हुने विश्वास व्यक्त गरे ।
रोलिङ नेक्ससले आफ्नो मूल एपबाहेक रोलिङ कर्मशील स्वदेश र रोलिङ कर्मशील विदेश नामको एप सार्वजनिक गरेको हो ।
यी एपहरूबाट ४० लाख मानिस प्रत्यक्ष लाभान्वित हुने कम्पनीले विश्वास लिएको छ ।