बैशाख ०६, २०८१, बिहीबार
               

विद्युतका कमसल उपकरणले टेक्सासमा समस्या : बिल गेट्स

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

माइक्रोसफ्टका सह–संस्थापक र परोपकारी बिल गेट्सले टेक्सासमा सस्तो बिजुली उत्पादन गर्ने उपकरण चिसो मौसममा कामकाजी नहुँदा सेवाग्राही मर्कामा परेको भनी अमेरिकी ऊर्जा कम्पनीहरूको आलोचना गरेका छन् । 

अमेरिकाको टेकसासमा अध्यधिक चिसो भएपछि त्यहाँको जनजीवन यतिबेला प्रभावित बनेको छ । यही सन्दर्भमा बिल गेट्सको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।

उनले उर्जा उत्पादकहरूले कमसल उपकरण बनाएको आरोप पनि लगाए । ती कमसल उपकरणले उपभोक्ताहरूले लोडसेडिङको मार सहन परेको उनले जनाए ।

विद्युत आपूर्ति नियमित हुन नसक्दा चिसोका कारण कैयौँ अमेरिकीले ज्यान गुमाउनु परेको उनको दावी छ । घरपरिवारलाई न्यानो राख्नको आवश्यक पर्ने उर्जाशक्तिबाट वञ्चित भएका कारण खासगरी बुढ्यौली अवस्थामा रहेका नागरिक बढी प्रभावित भएका छन् । 

उनले शनिबार साँझ सीएनएनसँगको कुराकानीमा भने, “खासगरी मौसम अनुकुल नबनाइएको यो प्राकृतिक ग्यास प्लान्टको क्षमताबारे सोच्नु पर्ने थियो । यसको लागि धेरै पैसा खर्च हुन्थ्यो त्यसैले लगानीमा बढी ध्यान दिइयो । परिणामस्वरूप यसले काम गरेन । यो दुखद कुरा हो कि यस असावधानीका कारण नागरिकहरू चिसोका कारण प्रभावित हुनु परेको छ ।” 

उनले थपे, “हिमपात, शून्य डिग्रीभन्दा कमको तापक्रम र सिरेठोले विशेष गरी संयुक्त राज्य अमेरिकाको दक्षिणपश्चिम र टेक्सास क्षेत्रलाई केही हप्तादेखि सताएको छ ।”

टेक्सासलगायतका अमेरिकी केही राज्यमा प्रतिकूल मौसमका कारण जनजीवन प्रभावित बनेको छ । ती राज्यहरूमा विरामीहरू बढेका छन् भने विद्युतको आपूर्तिमा आएको समस्याका कारण हिटर तथा न्यानोका अन्य स्रोत नियमित सञ्चालन हुन सकेको छैन ।


कस्तो लाग्यो ?

यो पनि