बैशाख ०८, २०८१, शनिबार
               

अब गुगल र फेसबुकका कर्मचारीले एक वर्षसम्म घरबाट काम गर्ने

नेपाल फ्ल्यास
बैशाख २८, २०७७

ADVERTISEMENT

कोभिड–१९ महामारीको त्रासका बीच विश्वका सबैभन्दा ठूला प्रविधि कम्पनीहरू गुगल र फेसबुकले आफ्ना अधिकांश कर्मचारीलाई घरबाटै काम गराइरहेका छन् । घरबाटै कार्यालयको काम गरिरहेका गुगल र फेसबुकका कर्मचारीहरूले अझै लामो समयसम्म घरबाटै काम गर्नुपर्ने भएको छ ।

समाचारअनुसार गुगल र फेसबुकले आफ्ना कर्मचारीलाई चालु वर्षभरि नै घरबाटै अफिसको काम गर्न अनुमति दिएका छन् । फेसबुक प्रवक्ताका अनुसार आगामी जुलाई ६ यता फेसबुकका कुनै पनि कार्यालय खोलिने छाँटकाँट छैन । त्यसैले यो वर्षभरि नै अधिकांश कर्मचारीहरूले घरबाटै काम गर्न सक्नेगरी व्यवस्था गरिनेछ ।

गुगलले घरबाटै काम गर्न सकिने अवधिलाई चालु वर्षभरिका लागि लम्ब्याएको छ । यसअघि गुगलले आगामी जुन १ सम्मका लागि घरबाट काम गर्न सकिने व्यवस्था गरेको थियो ।

उता फेसबुकका कर्मचारीले गत मार्च महिनादेखि घरबाटै काम गरिरहेका छन् । फेसबुकका सीईओ मार्क जुकरबर्गका अनुसार आगामी सन् २०२१ को जुन महिनासम्मै ५० जनाभन्दा धेरै मानिस जम्मा हुने खालका कुनै पनि कार्यक्रमको आयोजना गरिने छैन ।

गुगलले घरबाटै काम गर्न सकिने अवधिलाई चालु वर्षभरिका लागि लम्ब्याएको छ । यसअघि गुगलले आगामी जुन १ सम्मका लागि घरबाट काम गर्न सकिने व्यवस्था गरेको थियो ।

गुगलका सीईओ सुन्दर पिचाइका अनुसार भौतिक उपस्थिति अनिवार्य रहेका कर्मचारीहरूलाई मात्र आगामी जुन वा जुलाईपछि कार्यालयमा आउने अनुमति दिइनेछ र त्यसक्रममा समेत उच्चतम सावधानी तथा सुरक्षाका विधि अपनाइनेछ। गुगलले पनि गत मार्च महिनादेखि आफ्ना कर्मचारीलाई घरबाटै काम लगाएको थियो । एजेन्सी


कस्तो लाग्यो ?

यो पनि