बैशाख ०७, २०८१, शुक्रबार
               

अभ्यास खेलमा नेपाली क्रिकेट टिम श्रीलंकासँग पराजित

नेपाल फ्ल्यास
फागुन २७, २०७८

ADVERTISEMENT

श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिम अन्तिम अभ्यास खेलमा श्रीलंकाका स्टार खेलाडी सम्मिलित श्रीलंका संयुक्त-११ विरुद्ध ९२ रनले पराजित भएको छ । 

लगातार चौथो खेलमा जितका लागि २३३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ३५ ओभर २ बलमा १४० रन बनाउँदा सबै विकेट गुमायो । 

नेपालका ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रन बनाए ।  यस्तै कुशल भुर्तेलले ३२ रन  बनाउँदा रोहितकुमार पौडेलले २१ रनको योगदान गरे । यस्तै आरिफ शेखले १३, सोमपाल कामीले ८, आसिफ शेखले ५, दीपेन्द्र सिंह ऐरीले २ रन, विनोद भण्डारी र सागर ढकालले समान एक रन  बनाए ।

श्रीलंका संयुक्त-११ का एस दक्सिनाले ३ तथा दिलसान मुनविराले २ विकेट हात पारे ।

यसअघि टस जितेर ब्याटिङमा आएको श्रीलंका ११ ले ४८ ओभर २ बलमा सबै विकेट गुमाउनुअघि २३२ रनको योगफल बनाएको थियो ।

नेपालका दीपेन्द्रसिंह ऐरीले र सागर ढकालले समान तीन विकेट लिए । यस्तै, सोमपाल कामीले दुई र आरिफ शेखले एक विकेट लिए ।

यसअघि नेपालले पहिलो र दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई क्रमशः १११ र ८९ रनले पराजित गरेको थियो । बिहीबार भएको चौथो अभ्यास खेलमा नेपालले श्रीलंका पुलिसलाई १४४ रनले पराजित गरेको थियो ।

नेपाली क्रिकेट टिम आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एक दिवसीय शृंखला खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

नेपालले लिग-२  अन्तर्गतको आफ्नो तेस्रो  शृंखलामा युएई र पपुवा न्यु गिनी (पीएनजी) विरुद्ध खेल्नेछ ।

नेपाल टिम: 

कप्तान सन्दीप लामिछाने, दीपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आसिफ शेख, विनोद भण्डारी, सागर ढकाल, सोमपाल कामी, विक्रम सोब, रोहितकुमार पौडेल, आरिफ शेख

श्रीलंका कम्बाइन ११

कप्तान थिसारा परेरा, थरंगा, सदुन विरकोडी, सेकुगे प्रसन्ना, दिलुरुवान परेरा, चमारा सिल्भा, धम्मिका प्रसाद, रमेश निमान्था, अनुक फर्नान्डो र दिलांका अवाभ्दत रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि