बैशाख ०८, २०८१, शनिबार
               

पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दै नेपाली महिला टिम

नेपाल फ्ल्यास
कात्तिक ३०, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो पटक कतारसँग टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले २०१९ देखि महिला टिमको टी-२० खेललाई पनि अन्तर्राष्ट्रिय मान्यता दिएपछि नेपालको महिला टिमले पहिलो पटक टी-२० सिरिज खेल्न लागेको हो ।

आईसीसी टी-२० विश्वकप एसिया छनोट खेल्नुअघि तयारी स्वरुप नेपालले कतारसँग तीन खेलको सिरिज खेल्दैछ । सिरिजको पहिलो खेल आज हुँदैछ । सिरिज खेल्न नेपाली टोली आइतबार नै कतारको दोहा पुगिसकेको छ । खेल दोहास्थित वेस्ट इन्ड पार्क इन्टरनेशल क्रिकेट स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुनेछ । नेपालले बुधबार दोस्रो र बिहीबार तेस्रो खेल खेल्नेछ भने शुक्रबार युएई प्रस्थान गर्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने महिला टी-२० विश्वकपको रोडम्यापको रुपमा रहेको एसिया छनोटमा नेपाल र यूएईसहित मलेसिया, हङकङ, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

छनोट प्रतियोगिता नोभेम्बर २२ देखि २८ सम्म हुनेछ । नेपालले पहिलो खेल नोभेम्बर २२ मा हङकङसंग खेल्नेछ । सिंगल लिगको खेलपछि शीर्ष स्थानमा रहने टिम ग्लोबल क्वालिफायरमा पुग्नेछ ।


कस्तो लाग्यो ?

यो पनि