बैशाख १३, २०८१, बिहीबार
               

फिफा विश्वकप : जर्मनी, क्रोएसिया र रसियाको आधा दर्जन गोल

नेपाल फ्ल्यास
कात्तिक २६, २०७८

ADVERTISEMENT

काठमाडौं । जर्मनी, क्रोएसिया र रसियाले कतार फिफा विश्वकप अन्तर्गत युरोपियन छनोटको सानदार जित निकालेका छन् ।  बिहीबार राति भएका खेलमा जर्मनी, क्रोएसिया र रसियाले आफ्ना विपक्षीविरुद्ध आधा दर्जन गोल गरेका हुन् ।

समूह ‘एच’ को खेलमा क्रोएसियाले घरेलु टोली माल्टामाथि ७–१ को फराकिलो जित निकाल्यो ।   क्रोएसियाको सानदार जितमा लोभ्रो माजेरले दुई तथा इभान पेरिसिस, डुजे कालेटा कार, मारियो पासालिस, लुका मोड्रिच र एन्डरेज क्रामारिकले १–१ गरे ।  क्रोएसियाको मार्काेलो ब्रोजोभिकले आत्माघाति गोल गरे । 

समूह ‘एच’ कै अर्काे खेलमा रसियाले साइप्रसमाथि ६–० ले हरायो । रसियाको जितमा एलेक्सान्डर योरोखिनले दुई तथा फेडर सोमोलोभ, एन्डरे मोस्टोभोए, एलेकसेइ सुटोरमिन र एन्टन जाबोलोटनीले १-१ गोल गरे ।

अर्काे खेलमा स्लोभाकिया र स्लोभेनियाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । समूह ‘एच’ को यो नतिजापछि क्रोएसिया र रसिया सोझौ विश्वकप छनोटको सम्भावना बनाएका छन् । 

समूहमा ९ खेल सकिँदा रयिा ९ खेलबाट ७ जित, १ बराबर र १ हारका साथ २२ अंक बोकेर शीर्ष स्थानमा छ ।  ६ जित, २ बराबर र १ हार सहित २० अंक बनाएर दोस्रो स्थानमा छ । 

११ अंक रहेका स्लोभाकिया र स्लोभेनिया क्रमशः तेस्रो र चौथो स्थानमा छन् । यता, समान ५ अंक भएका माल्टा र साइप्रस क्रमशः पाचौं र छैटौं स्थानमा छन् । 

समूह ‘जे’ को खेलमा जर्मनीले १० खेलाडीमा सिमित  लिचेस्टाइनमाथि ९–०को जित निकाल्यो । जर्मनीको सानदार जितमा लिरोए साने र थोमस मुलरले समान दुई गोल गर्दा इल्केए गुन्डोगान, मार्काे रिउस र रिड्ले बाकुले समान एक गोल गरे । लिचेस्टाइनका डानियल र माक्सिमिलियानले आत्मघाति गोल गरेका थिए ।  

खेलको ९मिनेटमै लिचेस्टाइनका डिफेण्डर लेन्स होफेरले सिधै रातोकार्ड ब्यहोर्दै मैदान छाडेका थिए । समूह ‘जे’ कै अर्काे खेलमा रोमानियाले आईसल्याण्डसँग गोलरहित बराबरी खेल्यो । नर्थ म्यासेडोनियाले अर्मेनियालाई ५–० गोल अन्तरले पराजित गर्‍याे ।

यस खेलसँगै समूह ‘जे’मा ९ खेल सकिँदा २४ अंक बनाएको जर्मनी शीर्षस्थानमा छ । नर्थ म्यासेडोनिया १५ अंकसहित दोस्रो स्थानमा रहँदा रोमानिया १४ अंक सहित तेस्रो स्थानमा रहेको छ । यस्तै अर्मेनिया, आईसल्याण्ड र लिचेस्टाईन क्रमशः चौथो, पाँचौं र छैटौं स्थानमा छन् । 


कस्तो लाग्यो ?

यो पनि