चैत १६, २०८०, शुक्रबार
               

टी-२० विश्वकपको दोस्रो सेमिफाइनलमा अस्ट्रेलिया र पाकिस्तान भिड्दै

नेपाल फ्ल्यास
कात्तिक २५, २०७८

ADVERTISEMENT

काठमाडौं । युएईमा जारी टी-२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा आज अस्ट्रेलिया र पाकिस्तान भिड्दैछन् । यी दुई टोलीबीचको खेल राति ७:४५ मा सुरु हुनेछ। उपाधि दाबेदार दुबै टीम आजको खेलबाट फाइनल पुग्ने प्रयासमा हुने छन्।

अस्ट्रेलिया समूह १ को उपविजेता हो भने पाकिस्तान समूह २ को विजेता हो। यसअघि वेस्टइन्डिजमा २०१० मा भएको टी-२० विश्वकपको सेमिफाइनलमा यि दुई टिमबिच प्रतिस्पर्धा हुँदा पाकिस्तानमाथि अस्ट्रेलियाले रोमाञ्चक जित निकालेको थियो। पाकिस्तान आज त्यसको बदला लिन चाहन्छ ।

यो खेलमा जित हात पार्ने टिमले आइतबार हुने फाइनलमा न्यूजिल्यान्डको सामना गर्ने छ।

गएराति भएको खेलमा न्यूजिल्याण्डले इङ्ल्याण्डलाई ५ विकेटले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ।


कस्तो लाग्यो ?

यो पनि