बैशाख १३, २०८१, बिहीबार
               

न्युजिल्यान्ड टि२० विश्वकपको सेमिफाइनलमा, भारत समूह चरणबाट बाहिरियो

नेपाल फ्ल्यास
कात्तिक २१, २०७८

ADVERTISEMENT

न्युजिल्यान्ड आइसिसी टि२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेको छ । आइतबार न्युजिल्यान्डले अफगानिस्तानलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक सेमिफाइनलमा स्थान बनाएको हो । भारत र अफगानिस्तान भने समूह चरणबाटै बाहिरिएका छन् ।

जितको लागि १२५ रनको विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि शेख जायद स्टेडियम आबूधाबीमा टस जितेर पहिला ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२४ रन बनाएको थियो ।

न्युजिल्यान्ड तेस्रो पटक सेमिफाइनलमा पुगेको हो । यसअघि २००७ र २०१६ मा सेमिफाइनलमा पुगेको थियो । सुपर १२ को समूह १ बाट इंग्ल्यान्ड विजेता र अष्ट्रेलिया उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका छन् । सुपर १२ को समूह २ बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुईमा रहँदै सेमिफाइनलमा पुगेका छन् ।


कस्तो लाग्यो ?

यो पनि