बैशाख १३, २०८१, बिहीबार
               

लेबनानसँग नेपाल ४–० ले पराजित

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

ताजिकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । आज भएको आफ्नो अन्तिम खेलमा  लेबनानसँग ४–० ले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो ।

रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको तेस्रो खेलमा नेपालविरुद्ध लेबनानले १–० को अग्रता लिएको थियो । तर, नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो । लेबनानले २६, ४७, ७४ र ८२ औँ मिनेटमा गोल गरेको हो । 

यो प्रतियोगितामा नेपालले कुनै पनि टोलीविरुद्ध गोल गर्न सकेन । यसअघिको संस्करणमा पनि नेपालले  यू–२३ एसियन कप छनोटमा गोल गर्न सकेको थिएन । 

यो प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानविरुद्ध ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले हारको सामना गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि