चैत १५, २०८०, बिहीबार
               

तेह्रथुम : पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि म्याङलुङलाई

नेपाल फ्ल्यास
कात्तिक १४, २०७८

ADVERTISEMENT

तेह्रथुम  । तेह्रथुमको लालिगुराँस नगरपालिकामा सञ्चालित पालिकास्तरीय फुटबल प्रतियोगिताको उपाधि माङलुङ नगरपालिकाले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा सहिदभूमि गाउँपालिकालाई शून्यविरुद्ध १ गोलले पराजित गर्दै म्याङलुङले उपाधिमाथि कब्जा जमाएको हो।

फाइनल खेलको २६औँ मिनेटमा म्याङलुङका मोहन तामाङले गरेको एक मात्र गोलले भाग्य निर्धारण गरेको थियो । म्याङलुङले उपाधिसँगै १ लाख नगद, प्रमाणपत्र, मेडल प्राप्त गरेको छ ।

उपविजेता सहिदभूमिले नगद ५० हजार प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ । विजेता र उपविजेता टिमलाई लालिगुराँस नगपालिकाका मेयर अर्जुन माबोहाङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगिता ७ कात्तिकबाट सुरु भएको थियो ।

प्रतियोगितामा तेह्रथुमसहित धनकुटा, संखुवासभा, मोरङका ११ पालिकाको सहभागिता थियो ।


कस्तो लाग्यो ?

यो पनि