बैशाख ०८, २०८१, शनिबार
               

उपमेयर कप महिला फुटबलमा गैँडाकोटको विजयी सुरुवात

नेपाल फ्ल्यास
कात्तिक १०, २०७८

ADVERTISEMENT

काठमाडौैं । गैँडाकोट नगरपालिकाले हेटौँडा उपमहानगरपालिकालाई पराजित गर्दै उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा गैँडाकोटले हेटौँडालाई १–० गोल अन्तरले पराजित गर्दै गैँडाकोटले सुखद सुरुवात गरेको हो ।

गैँडाकोटको जीतमा ऋतु तामाङले खेलको ५६औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल साबित भयो ।

जीतसँगै समूह ‘एफ’को गैँडाकोटले तीन अङ्क जोडेको छ भने नकआउट चरणमा पुग्ने सम्भावनासमेत बलियो बनाएको छ । प्रतियोगितामा विभिन्न ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले १० समूहमा विभाजन गरेको छ ।

प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् । यस्तै प्रतियोगिताको विजेता टोलीले रु पाँच लाख तथा उपविजेताले रु तीन लाख पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि