बैशाख ०८, २०८१, शनिबार
               

प्रदेशस्तरीय मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता उद्घाटन

नेपाल फ्ल्यास
कात्तिक ०७, २०७८

ADVERTISEMENT

सप्तरीको विष्णुपुर गाउँपालिका- ६ मा तेस्रो संस्करणको प्रदेशस्तरीय मिथिला कप टी-ट्वान्टी क्रिकेट प्रतियोगिता आइतबारदेखि सुरु भएको छ ।

३ कात्तिकदेखि सुरु हुने भनिएको प्रतियोगिता बाढीका कारण स्थगित भएपछि आइतबारदेखि सुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रदेश २ का अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले गरेका छन् ।

युवा शक्ति क्लब विष्णुपुर सप्तरीको आयोजना तथा सप्तरी क्रिकेट संघको सहकार्यमा हुन लागेको टी-ट्वाईन्टी क्रिकेट प्रतियोगितामा प्रदेश १ र २ का टिम सहभागी हुँदै छन् ।

पहिलो दिन लहान क्रिकेट क्लब सिरहा र फूलबारी क्रिकेट क्लब सुनसरीबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगिता १० दिनसम्म चल्नेछ ।

प्रथम हुने टिमलाई एक लाख र द्वितीय हुनेलाई ५० हजार रुपैयाँ नगद पुरस्कार  तथा शिल्ड प्रदान गरिने कोषाध्यक्ष नन्दकिशोर गुप्ताले बताए ।

प्रतियोगितामा लाग्ने कुल अनुमानित १५ लाख रुपैयाँ विष्णुपुर गाउँपालिका र अन्य स्थानीय तहहरूले सहयोग गरेको क्लबका कोषाध्यक्ष गुप्ताले बताए ।

 


कस्तो लाग्यो ?

यो पनि