बैशाख १२, २०८१, बुधबार
               

आइसिसी टि–२० विश्वकप : स्कटल्याण्डको लगातार दोस्रो जित

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७८

ADVERTISEMENT

आइसिसी टि–२० पुरुष विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित दर्ता गरेको छ । स्कटल्याण्डले मङ्गलबार पहिलो चरण अन्तर्गत समूह ‘बी’को खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई १७ रनले पराजित गरेको हो । स्कटल्याण्डले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.३ ओभरमा  सबै विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो । 

स्कटल्यान्डले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको पीएनजी तीन बल बाँकी रहँदै १४८ रनमा अलआउट भयो । उसका नर्मन भाउनले सर्वाधिक ४७ रन बनाए । स्कटल्यान्डका जोश डेभीले चार विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले रिचि ब्रिङटनको सर्वाधिक ७० रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । पीएनजीका काबु मोइराले चार विकेट लिए । जितसँगै स्कटल्याण्ड दुई खेलमा चार अङ्कसहित शीर्षस्थानमा पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि