बैशाख १३, २०८१, बिहीबार
               

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा

नेपाल फ्ल्यास
असोज २७, २०७८

ADVERTISEMENT

माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले प्रवेश गरेको छ । राउण्ड रोबिन लिगको अन्तिम खेलमा बुधबार १० खेलाडीमा सिमित बंगलादेशसँग १-१ गोलको बराबरी खेल्दै नेपाल फाइनलमा पुगेको हो । खेलकाे ७९ औं मिनेटमा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो ।

यससँगै नेपाल पहिलो पटक साफको फाइनलमा प्रवेश गरेको छ । यस अघि नेपालले साफको फाइनल खेल्न सकेको थिएन । मालेस्थित राष्ट्रिय रंगशालामा एक गोलको अग्रता उल्टाउदै नेपालले बराबरी खेलेको हो  ।खेलको नवौं मिनेटमा सुमन रिजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

यस बराबरीले नेपालको ४ खेलमा ७ अंक भएको छ । बंगलादेश भने ४ खेलमा ५ अंक जोड्दै लिग चरणबाटै बाहिरिएको छ । आज हुने दोस्रो खेलमा माल्दिभ्स र भारत खेल्नेछन् । उक्त खेलको विजेताले फाइनलमा स्थान बनाउनेछ । बराबरीले भने माल्दिभ्स फाइनलमा पुग्नेछ ।


कस्तो लाग्यो ?

यो पनि