बैशाख ११, २०८१, मंगलबार
               

बैंगलोरलाई हराउँदै कोलकाता क्वालिफायरमा

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

ईन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको क्वालिफायरमा कोलकाता नाइट राइडर्सले प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो ।

बैंगलोरले दिएको १३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोडे । यस्तै सुनिल नारिनले २६ रन जोड्दा भेन्कातेस एयरले पनि २६ रन बनाए । नितिस रानाले २३ रन बनाए । दिनेश कार्तिकले १० रन जोड्दा राहुल त्रिपाठी ६ रनमा आउट भए ।

कप्तान इयान मोर्गनले अविजित ५ रन जोड्दा शकिब अल हसनले अविजित ९ रन बनाए ।बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २/२ विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन जोडेको थियो । बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे । देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए ।साहबाज अहमेदले १३ रन जोडे भने एबी डी भिलियर्स ११ रनमा आउट भए । कोलकाताका सुनिल नारिनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए ।

अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ ।  बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि