बैशाख १३, २०८१, बिहीबार
               

जितसँगै विश्वकपमा छनोट हुने पहिलो टिम बन्यो जर्मनी

नेपाल फ्ल्यास
असोज २६, २०७८

ADVERTISEMENT

नर्थ मासेडोनियामाथि ४–० गोलअन्तरको जितसँगै जर्मनी अर्को वर्ष कतारमा हुने फिफा विश्वकपका लागि छनोट हुने पहिलो टोली बनेको छ ।

पहिलो हाफ गोलरहित बराबरीमा थियो । काइ हाभेट्जले ५०औं मिनेटमा टिमका लागि पहिलो गोल गरेका थिए । जसका लागि थोमस मुलरले निस्वार्थ पास उपलब्ध गराएका थिए । टिमो वेर्नरले गरेको गोलमा पनि मुलरकै पास थियो । वेर्नरले ७० र ७३औं गरी तीन मिनेटको अन्तरमा २ गोल गरेपछि जर्मनीले ३ गोलको अग्रता बनाएको थियो । त्यसपछि ८३औं मिनेटमा जमालले गोल गरेका हुन् ।

हान्सी फ्लिक प्रशिक्षित जर्मन टोली बीसौंपल्ट विश्वकपका लागि छनोट भएको हो । जर्मनीभन्दा अगाडि ब्राजिलले मात्रै २१औं पल्ट विश्वकप खेलेको छ ।


कस्तो लाग्यो ?

यो पनि