बैशाख ०८, २०८१, शनिबार
               

पाराग्वे र अर्जेन्टिनाबीचको खेल बराबरी

नेपाल फ्ल्यास
असोज २२, २०७८

ADVERTISEMENT

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकिएको छ  । शुक्रबार बिहान भएको खेलमा कोपा अमेरिकी च्याम्पियन अर्जेन्टिना पाराग्वेसँग गोलरहीत बराबरीमा रोकिदै अंक बाँड बाध्य भएको हो ।

घरेलु मैदानमा पाराग्वेले लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई रोक्न सफल भयो । बराबरीसँगै अपराजित रहेको अर्जेन्टिना ९ खेलबाट १९ अंकसहित दोस्रो स्थानमा छ । पाराग्वे १० खेलबाट १२ अंकका साथ छैटौँ स्थानमा छ  ।

दक्षिण अमेरिकी छनोटमा ब्राजिल ९ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा छ । बिहानै भएको खेलमा उरुग्वे कोलम्बियासङ गोलरहीत बराबरीमा रोकिएको छ ।


कस्तो लाग्यो ?

यो पनि