चैत १६, २०८०, शुक्रबार
               

काठमाडौंमाथि विराटनगरको जित

नेपाल फ्ल्यास
असोज १७, २०७८

ADVERTISEMENT

विराटनगर वारियर्सले एभरेस्ट प्रिमियर लिग (इपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । आइतबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा विराटनगरले काठमाडौं किङ्स इलेभनलाई ७ रनले पराजित गर्दै पहिलो जित निकालेको हो । 

१०५ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको काठमाडौं ७९ रनमा रोकियो ।  निर्धारित ८ ओभरमा काठमाडौंले ३ विकेट गुमाउँदै जम्मा ९७ रन बनाउन सक्यो । 

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको विराटनगरले ८ ओभरमा ५ विकेट गुमाउँदै १०४ रन बनाएको हो । निर्धारित समयमा टस हुन नसकेपछि खेल ८ ओभरमा झारिएको हो । राति परेको वर्षाको कारण मैदानको आउटफिल्ड ओसिलो भएपछि खेल ८ ओभरमा छोट्याइएको थियो । 

काठमाडौंको लागि रहमानुल्लाह गुर्बाजले सर्वाधिक २८ रन बनाए ।यस्तै सुभाष खकुरेलले २६ रन बनाउँदा राजु रिजालले २४ र रायल बर्लले १५ रन बनाए । 

विराटनगरको रायन पाठनले २ विकेट लिए भने प्रतिश जिशीले एक विकेट लिए । यसअघि विराटनगरको लागि अनिल शाहले सर्वाधिक ४५ रन बनाए ।

अविजित रहेका अनिलले १६ बल खेल्दै २ चौका र ५ छक्का हिर्काएका थिए । यस्तै रायन पाठनले ३० रन बनाएका थिए । ११ बल खेलेका ओपनिङ ब्याटर रायनले २ चौका र ३ छक्का प्रहार गरेका थिए । यस्तै यस्तै कप्तान करण केसीले १५ रन बनाए । 

यता, टस जितेर बलिङ गरेको काठमाडौंको लागि गुल्शन झा, रायन बर्ल र कप्तान सन्दीप लामिछानेले समान १ विकेट लिए । जितसँगै विराटनगरले प्रतियोगितामा पहिलो जित निकालेको छ । ५ खेल खेलको विराटनगरको २ अंक प्राप्त गरेको छ । यता, काठमाडौंले २ खेलबाट १ जित र १ हार व्यहाेर्दै २ अंक जोडेको हो । 


कस्तो लाग्यो ?

यो पनि