बैशाख ०८, २०८१, शनिबार
               

ईपीएल : पोखरालाई १७३ रनको लक्ष्य

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ  । 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।

विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २९ रन जोडे ।

पोखराका विक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र सहन आराछिगेले एक/एक विकेट हात पारे ।


कस्तो लाग्यो ?

यो पनि