बैशाख १३, २०८१, बिहीबार
               

टोकियो ओलम्पिक फुटबल : ब्राजिलको जित

नेपाल फ्ल्यास
साउन ०७, २०७८

ADVERTISEMENT

जापानको टोकियोमा सुरु भएको ३२औँ संस्करणको गृष्मकालीन ओलम्पिकअन्तर्गत बिहीबार भएको पुरुष फुटबलमा ब्राजिलले जर्मनीमाथि ४–२ को जित दर्ता गरेको छ  । 

योकोहामा अन्तर्राष्ट्रिय फुटबल मैदानमा ब्राजिललाई जित दिलाउन रिचार्लिसनले ह्याट्रिक पूरा गर्दा पौलिन्होले १ गोल गरे । जर्मनीका नदिम अमिरी र राग्नर एचेले १–१ गोल गरे ।

बिहीबार नै भएका अन्य खेलमा अस्ट्रेलियाले अर्जेन्टिनालाई २–० ले पराजित गर्दा, आयोजक जापानले दक्षिण अफ्रिका तथा रोमिनियाले होन्डुरसमाथि समान १–० को जित हात पारे । ओलम्पिकअन्तर्गत पुरुष फुटबलमा यु–२३ टिमले सहभागिता जनाउने गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि