बैशाख ०६, २०८१, बिहीबार
               

२०३२ को समर ओलम्पिक अस्ट्रेलियामा हुने

नेपाल फ्ल्यास
साउन ०६, २०७८

ADVERTISEMENT

सन् २०३२ को समर ओलम्पिकको जिम्मा अष्ट्रेलियाको ब्रिसबेन सहरले पाएको छ । टोकियो ओलम्पिक सुरु हुन अगाडि बसेको अन्तराष्ट्रिय ओलम्पिक कमिटीको बैठकले ब्रिसबेनलाई २०३२ को ओलम्पिक आयोजक सहर छनौट गरेको हो । 

क्विन्सल्याण्ड राज्यका पदाधिकारीले आइओसीको बैठकमा अन्तिम प्रस्तुति दिएको थियो । ब्रिसबेनलाई ओलम्पिक आयोजक सहरको घोषणा गर्दा स्थानीयहरूले खुसी मनाएका छन । अष्ट्रेलियाले तेस्रो पटक ओलम्पिक आयोजनाको मौका पाएको छ । 

यसअघि सन् १९५ट मा मेलबर्न, सन् २००० मा सिड्नीले ओलम्पिक आयोजना गरेका थिए । यसका साथै अष्ट्रेलिया तीन फरक सहरमा ओलम्पिक आयोजना गर्ने अमेरीकापछि दोस्रो देश बनेको छ । सन् २०३२ को ओलम्पिकका आयोजनाका लागि इन्डोनेसिया, हंगेरीको बुढापेष्ट, कतारको दोहा र जर्मनी रुरले दावेदारिता दिएका थिए । गत फेब्रेवरीमा नै ब्रिसबेन अरु दावेदार भन्दा अगाडि रहेको थियो । 

अष्ट्रेलियन सरकारले नै यो ओलम्पिकको पुर्वाधारका लागि सरकार  सर्वसाधारणको ५०–५० प्रतिशत लगानी गर्ने बताइसकेको छ । 

सन् २०१८ मा क्विन्सल्याण्डले कमनवेल्थ गेम्सको आयोजना गरेको थियो । आइओसीले यसअघि नै सन् २०२४ को ओलम्पिक पेरिस र २०२८ को ओलम्पिक लस एञ्जलसले गर्ने निधो गरिसकेको छ ।


कस्तो लाग्यो ?

यो पनि