चैत १६, २०८०, शुक्रबार
               

दुर्घटनामा ‘धावक’ प्रधानको निधन

नेपाल फ्ल्यास
साउन ०४, २०७८

ADVERTISEMENT

झापा । सवारी साधन दुर्घटनामा गम्भिर घाइते झापा दमकका एक ‘धावक’ (खेलाडी)को मृत्यु भएको छ ।

विभिन्न दौड प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा निकाल्दै आएका दमक- ५ घर भएका तेजेन्द्र प्रधानको उपचारका क्रममा मृत्यु भएको हो ।

२६ वर्षीय प्रधानलाई ९ दिनअघि दमक-२ मा कारले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते उनको उपचारका क्रममा बीएण्डसी अस्पताल विर्तामोडमा आइतबार राति निधन भएको परिवारले जनाएको छ ।

ठक्कर दिने बा.१६ च ३७२६ नम्बरको कार र चालकलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।


 


कस्तो लाग्यो ?

यो पनि