चैत १६, २०८०, शुक्रबार
               

मेसीबारेका सात राेचक तथ्य

एजेन्सी
असार २७, २०७८

ADVERTISEMENT

 मेसीको कप्तानमा अर्जेन्टिनाले ब्राजिललाई हराउँदै काेपा अमेरिका २०२१ जित्यो । राष्ट्रिय टिमबाट मेसीले जितेको याे नै प्रमुख उपाधि हाे । यसै सन्दर्भमा पढ्नुस्  मेसीको जीवनसँग जोडिएका सात रोचक तथ्य :

१. मेसीको जन्म अर्जेन्टिनाको रोसारियोमा भएको हो । सोही स्थानमा चे ग्वाराको पनि जन्म भएको थियो ।

२. मेसी बाल्यकालमा ‘ग्रोथ हार्मोन’ सम्बन्धी रोगबाट ग्रसित थिए । उनमा रोग प्रतिरोधी क्षमता कम हुनका साथै आँखाको ज्योति पनि कम हुँदै गएको थियो । यसको उपचारस्वरुप उनले तीन वर्षसम्म लगातार खुट्टामा इन्जेक्सन लिनु परेको थियो ।

३. मेसीको फुटबल प्रतिभालाई सबैभन्दा पहिला स्पेनिस फुटबल क्लव बार्सिलोनाले पहिचान गरेको थियो । सो क्लवले उनलाई १३ वर्षको उमेरदेखि नै अनुबन्ध गरेको हो । मेसी आफ्नो पितासँग बार्सिलोनाको प्राविधिक सचिव कार्लोस रेक्सेकसँग अनुबन्ध गर्न गएका थिए । मेसीलाई लिन क्लव यति हतारिएको थियो कि उनीसँग सम्झौता गर्न कागजसमेत तयार नभए पनि नेप्किन पेपरमै सामान्य सम्झौता लेखेर हस्ताक्षर गराइएको थियो ।

४. मेसीलाई उनको मुलुक अर्जेन्टिनाले भन्दा पहिल्यै स्पेनले राष्ट्रिय टिमबाट खेल्न प्रस्ताव गरेको थियो । तर मेसीले उक्त प्रस्ताव अस्वीकार गरेका थिए ।

५. अर्जेन्टिनाकाबाट मेसीले अगस्ट २००५ मा पहिलो अन्तर्राष्ट्रिय म्याच हंगेरीविरुद्ध खेलेका थिए । १८ वर्षको उमेरमा डेब्यु गरेका उनले मैदानमा केवल ४७ सेकेन्डमात्र बिताए । उनलाई पहिलो खेलमै रेफ्रीले रेड कार्ड देखाएर मैदान बाहिर पठाएका थिए ।

६. मेसीका पुर्खा इटालियन मुलका हुन् । उनका पुर्खा सन् १८८३ मा अर्जेन्टिना आएर बसोबास गरेका हुन् । मेसीकी आमा लेबनानी मुलकी हुन् ।

७. मेसी मानवीय सहयोगमा पनि चर्चित छन् । उनले सन् २००७ मा लियो मेसी फाउन्डेसन गठन गरी सामाजिक कार्यमा जुटेका छन् । उनले बालबालिकाका लागि एक अस्पताल खोलेका छन् । सन् २०१३ मा उनले सिरियाली बालबालिकाका लागि आफ्नो आम्दानीको एक तिहाइ हिस्सा दान गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि