बैशाख १४, २०८१, शुक्रबार
               

यी राष्ट्रपतिको आग्रहपछि मैदान फर्किएका थिए मेसी

एजेन्सी
असार २७, २०७८

ADVERTISEMENT

२०१६ को कोपा अमेरिका फाइनलमा अर्जेन्टिना पराजित भएसँगै मेसीले सन्यास लिएका थिए । यस घटनापछि मेसीलाई फेरि मैदान फर्काउने श्रेय अर्जेन्टिनाका तत्कालीन राष्ट्रपति माउरिसियो म्याक्रीलाई  जान्छ ।

‘फुटबललाई माया गरिने हाम्रोजस्तो देशले विश्वका उत्कृष्ट खेलाडीलाई भगवानकै उपहारका रुपमा पाएको हो । हामी भाग्यमानी छौं, यो हाम्रो जीवनको एउटा ठूलो खुशी हो । लियोनल मेसी अर्जेन्टिनाका बहुमुल्य कुरा हुन् र हामीले उनको हेरचाह गर्नैपर्छ,’ म्याक्रीले भनेका थिए । 

मेसीले यस घटनाबारे भनेका छन्, '२०१४ को विश्वकप,२०१५ को कोपा अमेरिका र २०१६ मा फेरि कोपा अमेरिकाको फाइनल गुमाएपछि म हैरान भएर सन्यास घोषणा गरेको थिएँ । तर देशवासीले गरेको समर्थनपछि जिम्मेवारी बाँकी नै छ भन्‍ने महसुस भयाे ।'

मेसीले आइतबार अर्जेन्टिनालाई कोपा अमेरिकाकाे उपाधि जिताएका छन् । अर्जेन्टिनाबाट राम्रो खेल्न नसकेको आरोपबाट उनी अब मुक्त भएका छन् । मेसीको आँखा अब २०२२ मा कतारमा हुने विश्वकप फुटबलमा केन्द्रित रहनेछ ।

मेसीलाई मैदान फर्कन आग्रह गर्ने म्याक्री २०१५ देखि २०१९ सम्म अर्जेन्टिनाको राष्ट्रपति थिए ।


कस्तो लाग्यो ?

यो पनि