बैशाख १३, २०८१, बिहीबार
               

मेसीको बार्सिलोनासँगको सम्झौता सकियो

नेपाल फ्ल्यास
असार १७, २०७८

ADVERTISEMENT

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनासँग लिओनल मेसीको सम्झौता समाप्त भएको छ । गएरातिदेखि मेसीको सम्झौता सकिएको हो । मेसी अब फ्री एजेन्टको रुपमा छन् । अब उनी कुनै पनि क्लबमा जान स्वतन्त्र भएका छन् ।

अर्जेन्टाइन कप्तान मेसी र स्पेनिस क्लब बार्सिलोनाबीच सम्झौता नवीकरणलाई लिएर प्रयास भए पनि त्यो जुन ३० भित्र सफल हुन सकेन ।विश्व फुटबलकै चर्चित र उत्कृष्ट खेलाडी मेसी पहिलोपटक ट्रान्सफरका लागि उपलब्ध भएका हुन् । उनले युवा अवस्थादेखि नै बार्सिलोनाको एकेडेमीमा रहेर फुटबल खेलेका थिए ।

गत सिजन नै मेसीले क्याटलान क्लब छाड्न खोजेका थिए । तर क्लबले ७०० मिलियन युरो रिलिज क्लब राखेपछि मेसीले बार्सिलोना छाडेनन् ।

मेसी र क्लबबीच सम्झौताका लागि छलफल भने भइरहेको छ । मेसी अब क्याम्प नवउमै बस्नेछन् वा अरु क्लबमा जानेछन् केही समय पनि थाहा नै हुनेछ । तर अहिलेलाई मेसी फ्रि एजेन्ट भएका छन् र उनलाई जुनसुकै क्लबले अनुबन्ध गर्न सक्नेछन् ।

मेसीलाई अनुबन्ध गर्ने क्लबमा प्रिमियर लिगका म्यानचेष्टर सिटी र फ्रेन्च लिग वानको पेरिस सेन्ट जर्मेन अघि रहेको छ । मेसी हाल अर्जेन्टिनाबाट ब्राजिलमा कोपा अमेरिका खेलिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि