बैशाख १३, २०८१, बिहीबार
               

हंगेरीलाई ३–० गोलले हराउँदै पोर्चुगलको सहज जित

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

एजेन्सी । यूईएफए युरोकप अन्तर्गतको गएराति सम्पन्न भएको फुटबल हंगेरीलाई ३–० गोलले हराउँदै पोर्चुगलले सहज जित निकालेको छ । खेलमा पोर्चुगलले हंगेरीलाई हराएको छ । उक्त खेल फेरेन्क पुस्कास एरेना स्टेडियममा सम्पन्न भएको हो ।

पोर्चुगलले घरेलु टोलीमाथि ३–० को सानदार जित निकालेको छ । क्रिस्टियानो रोनाल्डोको कीर्तिमानी २ गोलको मद्दतमा पोर्चुगलले युरोकपमा विजयी सुरुवात गरेको हो ।

खेलमापोर्चुगललाई जित दिलाउन राफेल गुरिरोले पहिलो गोल गरेका थिए । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा उत्कृष्ट गर्दै गर्दै पोर्चुगलले जित निकाल्न सफल भएको छ ।

रोनाल्डोले पहिलो गोल पेनाल्टीमार्फ गरेका थिए । रोनाल्डोले गएराति २ गोल गर्दै युरो कपमा सर्वाधिक गोर गर्ने कीर्तिमानी बनाएका छन् । पाँचौं पटक युरोकप खेलेका उनले युरोकपमा ११ गोल गरेका थिए । उनलाई रेकर्ड बनाउन मात्र १ गोलको आवश्यकता थियो ।

यसअघि फ्रान्सका मिचेल प्लाटिनीसँगै उनले युरो कपमा ९ गोल गरेका थिए । हंगेरीविरुद्ध ८७ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि प्लाटिनीको कीर्तिमान तोडिएको हो ।

रोनाल्डोले इन्जुरी समयमा टिमका लागि दोश्रो गोल गरेपछि युरोमा उनको गोल संख्या ११ पुगको हो । रोनाल्डोले प्लाटिनीको कीर्तिमान पाँचौ पटक युरोकपमा सहभागितापछि तोड्न सफल भएका छन् । यद्यपि एकै संस्करणमा सर्वाधिक गोलको कीर्तिमान भने अझै प्लाटिनीको नाममा नै छ ।

यो पनि