चैत १७, २०८०, शनिबार
               

युरोकप फुटबल : फ्रान्सले जर्मनीलाई १–० गोलले हरायो

नेपाल फ्ल्यास
असार ०२, २०७८

ADVERTISEMENT

एजेन्सी । गएराति सम्पन्न भएको युरोकप फुटबल खेलमा फ्रान्सले जर्मनीलाई १–० गोलले हराउँदै सहज जित हासील गरेको छ । उक्त खेलको २० औँ मिनेटमा जर्मनीका डिफेन्डर म्याट्स हमल्सले आत्माघाती गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।

सोही आत्माघाती गोल नै अन्तिममा निर्णायक गोल सावित हुन पुग्यो । खेलको पहिलो हाफमा आक्रमक खेलेको जर्मनीले धेरै अवसरलाई गति दिन नसक्दा खेलमा बराबरीमा ल्याउन सकेन ।

खेलको ५२ औँ मिनेटमा फ्रान्सका लागि अग्रता दोब्बर बनाउने मौका एड्रीएन राबीओटले वन भर्सेज वनको स्थितिमा गरेको प्रहार पोस्टमा लाग्दै बाहिरिए पछि रोकिएको थियो ।  

५३ औँ मिनेटमा खेल बराबरीमा फर्काउन पाएको मौका जर्मनीले सदुपयोग गर्न सकेन। जर्मनीका लागि सर्ज गनाब्रीले गरेको प्रहार पोस्टभन्दा माथिबाट बाहिएको थियो ।

६६ औँ मिनेटमा एमबाप्पेले पेनाल्टी क्षेत्रभित्र बाट गरेको गोल असिस्टेन्ट रेफ्रीले अफसाइड दिएपछि गोलले मान्यता पाएन । ७९ औ मिनेटमा एमबाप्पे आक्रमणमा वन भर्सेज वनको स्थिति भएपनि हमल्सले ट्याकल गर्दै अग्रता दोब्बर बनाउन दिएनन् । ८५ औं मिनेटमा करीम बेन्जेमाले गोल गरे पनि रेफ्रीले भीएआरको सहायताले गोललाई मान्यता दिएनन् ।

८८ औँ मिनेटमा जर्मनीका लेरोए सानेको फ्रिकिक बाहिरींदा जर्मनी खेलमा फर्कन असफल भयो । यस जितसँगै फ्रान्स ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । त्यस्तै गएराति नै सम्पन्न भएको अर्को खेलमा पोर्चुगलले हंगेरीलाई ३–० गोलले हराएको छ । 


कस्तो लाग्यो ?

यो पनि