बैशाख ०८, २०८१, शनिबार
               

फ्रान्सको सानदार जित

नेपाल फ्ल्यास
जेठ २६, २०७८

ADVERTISEMENT

विश्वविजेता फ्रान्सले युरोपेली च्याम्पियनसिप अघिको तयारी खेलमा शानदार जित निकालेको छ ।

पेरिसमा मंगलबार राति भएको खेलमा फ्रान्सले बुल्गेरियामाथि ३–० को सानदार जित हात पारेको हो । खेलको १९औं मिनेटमा ग्रिजमनले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । 

फ्रान्सको दोस्रो सर्वाधिक गोलकर्ता रहेका जिरुडले ८३औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रता दोब्बर पारे । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा जिरुडले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै फ्रान्सलाई प्रभावशाली जित दिलाए । 

अब समूह एफमा रहेको फ्रान्सले अर्काे साता जर्मनीसँग खेल्दै युरोकपको सुरुवात गर्नेछ । 


कस्तो लाग्यो ?

यो पनि