चैत १६, २०८०, शुक्रबार
               

एपिएफले जित्यो मेयर कप महिला टि–ट्वान्टीको उपाधि

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

काठमाडौं । मेयर कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको विभागीय टोली एपिएफले जितेको छ । 

शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले हराउँदै सो टिमले पहिलो संस्करणको उपाधि हात पारेको हो ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिम प्रदेशले दिएको १०७ रनको लक्ष्य एपीएफले १६ ओभर २ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । एपिएफका लागि ज्योति पाण्डेले ३६ रन बनाइन् । कप्तान सीता रानामगरले २७ रन जोड्दा इन्दु बर्माले १९ रनको योगदान गरिन् ।

यसअघि, टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ७ विकेट गुमाउँदै १०६ रन बनाएको थियो । सुदूरपश्चिमका लागि विन्दु रावलले सर्वाधिक ४४ रनको योगदान गरिन् । डोल्ली भट्टले १४ रन बनाउँदा कविता कुवँरले १३, रेवती धामीले १० जोडे ।

जितसँगै एपीएफले नगद तीन लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता सुदूरपश्चिमले एक लाख ५० हजार पायो ।


कस्तो लाग्यो ?

यो पनि