बैशाख १४, २०८१, शुक्रबार
               

आइपीएलमा बैंग्लोरद्वारा  मुम्बई २ विकेटले पराजित

नेपाल फ्ल्यास
चैत २८, २०७७

ADVERTISEMENT

एजेन्सी । गए राति सम्पन्न भएको इन्डियन प्रिमियर लिगअन्तर्गतको आइपीएल– १४औँ संस्करणको पहिलो क्रिकेट खेलमा रोयल च्यालेञ्जजर्स बैंग्लोरद्वारा  मुम्बई इन्डियन्स २ विकेटले पराजित भएको छ । उक्त खेलमा साविक विजेता तथा‌ पाँच पटक च्याम्पियन बनेको मुम्बई इन्डियन्सलाई रोयल च्यालेञ्जजर्स बैंग्लोरले पराजित गरेको हो । टस जितेर पहिलो इनिङमा बलिङ गरेको बैंग्लोरले मुम्बईबाट १६० रन जोड्ने लक्ष्य पाएको थियो । निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै बैंग्लोरले त्यो लक्ष्य भेटेको हो । बैंग्लोरलाई जित दिलाउन ब्याटिङतर्फ एव डी भिलियर्सले सर्वाधिक योगदान गरेका थिए ।

उनले २७ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ४८ रन जोडे भने अन्तिम ओभरको चौथो बलमा २ रन लिँदै जित हासिल गर्न खोज्ने क्रममा विकेट गएपछि उनी पेभेलियन फर्किएका थिए । त्यसपछि क्रिजमा आएका मोहम्मद सिराजले एक रन र हर्षल पटेलले एक रन जोडेपछि बैंग्लोरले मुम्बईलाई निराश पारेको थियो ।

 टीमलाई जित दिलाउने क्रममा ग्लेन म्याक्सवेलले ३९, कप्तान विराट कोहलीले ३३ र वाशिङ्टन सुन्दरले १० रन जोडे । बलिङतर्फ हर्षल पटेलले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले ४ ओभरमा २७ रन खर्चिएर महत्वपूर्ण ५ विकेट लिए । २०औँ ओभरमा मात्रै उनले ३ विकेट लिए थिए । हर्षल पटेलले २ विकेट, काइल जेमिसन र वाशिङ्टन सुन्दरले एक–एक विकेट हात पारे ।

पहिलो इनिङ ब्याटिङ गरेको मुम्बईले ९ विकेट क्षतिमा १५९ रन जोडेको थियो। ओपनर क्रिस लिनले मुम्बईका लागि सर्वाधिक ४९ रन बटुलेका थिए । सूर्यकुमार यादवले ३१, इशान किसानले २८, कप्तान रोहित शर्माले १९ र हार्दिक पान्ड्याले १३ रन जोडे ।

मुम्बईका बाँकी ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्‌ ।​​ मुम्बईले दोस्रो खेलमा १३ अप्रिलमा कोलकाता नाइट राइडर्ससँग र बैंग्लोर यही १४ अप्रिलमा सनराइजर्स हैदराबादसँग खेल्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि