बैशाख ०७, २०८१, शुक्रबार
               

चेल्सीको सहज जित

नेपाल फ्ल्यास
चैत २६, २०७७

ADVERTISEMENT

युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनको पहिलो लेगमा इंग्लिस क्लब चेल्सीले पोर्चुगिज क्लब एफसी पोर्टाेलाई पराजित गरेको छ ।

रोमन सान्चेज पिजुवान सेभिया स्पेनमा बुधबार राति भएको खेलमा चेल्सीले पोर्टाेलाई २–० ले पराजित गरेकाे हाे ।

खेलकाे ३२औं मिनेटमा मासन माउन्टले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाए । दोस्राे हाफकाे ८५औं मिनेटमा वन चिलवेलले गोल गर्दै चेल्सीलाई २–० को जित दिलाए । 

यो जितसँगै चेल्सीको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । 


कस्तो लाग्यो ?

यो पनि