बैशाख ०६, २०८१, बिहीबार
               

आर्मीको सानदार जित

नेपाल फ्ल्यास
चैत २५, २०७७

ADVERTISEMENT

नेपालको त्रिभुवन आर्मी फुटबल क्लब एएफसी कप-२०२१ प्ले अफको दोस्रो चरणमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा श्रीलंका पुलिस स्पोर्ट्स क्लबलाई ५-१ गोल अन्तरले पराजित गर्दै आर्मीले दोस्रो चरणको यात्रा तय गरेको हो ।

खेलको खेलको २८ औं मिनेटमा इभान्सले गोल गर्दै श्रीलंका पुलिसलाई सुरुवाती अग्रता दिलाए ।

४१ औं मिनेटमा आर्मीले खेल १-१ को बराबरीमा ल्यायो ।खेलको ४३ औं मिनेटमा नवयुगले गोल गर्दै आर्मीलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए । 

खेलको ५० औं मिनेटमा टंकले गोल गर्दै आर्मीलाई ३-१ को अग्रता दिलाए । खेलको ८३ औं मिनेटमा सब्सिच्युड खेलाडी सुदिलले गोल गर्दै आर्मीलाई ४-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा नवयुगले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ५-१ को जित दिलाए । अब आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरु फुटबल क्लबसँग खेल्नेछ । उक्त खेल बैशाख १ गते हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि