बैशाख १४, २०८१, शुक्रबार
               

न्युजिल्यान्डको सानदार जित

नेपाल फ्ल्यास
फागुन १०, २०७७

ADVERTISEMENT

न्युजिल्यान्डले अष्ट्रेलियाविरुद्ध पहिलो टी २० खेलमा सानदार जित निकालेको छ । मध्यक्रमका ब्याट्सम्यान डेभन कन्वे र स्पिनर ईश सोधीको उत्कृष्ट प्रर्दशनको सहयोगमा घरेलु सो टोलीले सानदार जित निकालेको हो । 

सोमबार पहिलो टी-0२० खेलमा अष्ट्रेलियालाई ५३ रनले हराउँदै न्युजिल्यान्डले पाँच टी-२० आई खेलको सिरिजमा १–० को अग्रता लिएको छ । जितका लागि १ सय ८५ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया १७.३ ओभरमा १ सय ३१ रनमा अल आउट भयो ।

 

अष्ट्रेलिया मिचेल मार्शले ३३ बलमा ५ चौका र २ छक्कासहित सर्वाधिक ४५ रन जोड्नबाहेक अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झनयोग्य रहेन । एस्टन अगर २३, भेय रिचर्डसन ११, एडम जाम्पा १३ र म्याथ्यु वेडले १२ रनको योगदान दिए । कप्तान आरोन फिन्च १, जोश फिलिपे २, ग्लेन म्याक्सवेल १ र मार्कस स्टोइनिस ८ रनमा आउट भए ।

न्युजिल्यान्डका लेग स्पिनर इश सोधीले ४ ओभरमा २८ रन खर्चेर ४ विकेट लिए । टिम साउथी र ट्रेन्ट बोल्टले २–२ विकेट लिए । काइल जामिसन र मिचेल सान्टनरको नाममा १–१ विकेट रह्यो ।

त्यसअघि क्राइस्टचर्चमा टस हारेर पहिला ब्याटिङ थालेको न्युजिल्यान्डले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । न्युजिल्यान्डका डेभन कन्वे ५९ बलमा १० चौका र ३ छक्का सहित ९९ रनमा अविजित रहे । जुन कन्वेको टि२० आई करिअरको उच्च प्रर्दशन हो । मार्टिन गुप्टिल शून्य, टिम सिफर्ट १ र कप्तान केन विलियम्सन १२ रनमा आउट हुँदै १९–३ को खराब अवस्थामा पुगेको न्युजिल्यान्डलाई कन्वेले उत्कृष्ट प्रर्दशनका साथ विशाल योगफलमा पुर्‍याएका थिए । 

चौथो विकेटका लागि कन्वे र ग्लेन फिलिप्सले ७४ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । फिलिप्सले २० बलमा ३ छक्का सहित ३० रनमा क्याच आउट भए । जेम्स निशम १५ बलमा ३ चौका सहित २६ रनमा आउट भए ।

अष्ट्रेलिया तीव्र गतिका बलर ड्यानियल साम्स र भेय रिचर्डसनले २–२ विकेट लिए । मार्कस स्टोइनिसको नाममा १ विकेट रह्यो । दोस्रो टी-२० आई खेल बिहीबार हुनेछ ।


कस्तो लाग्यो ?

यो पनि