बैशाख ०८, २०८१, शनिबार
               

मेस्सीलाई भित्र्याउन सकिने सम्भावनाबारे पिएसजीले थाल्यो छलफल

नेपाल फ्ल्यास
मंसिर २०, २०७७

ADVERTISEMENT

लियोनल मेस्सीलाई क्लब भित्र्याउन सकिने सम्भावनाहरुबारे फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले सोचविचार गर्न थालेको छ ।

स्रोतहरुलाई उद्धृत गर्दै इएसपिएनले मेस्सीलाई ल्याउन सकिने सम्भावनाबारे पिएसजीले छलफल थालेको उल्लेख गरेको हो ।

मेस्सी गएको समरमै बार्सिलोना छोड्न चाहन्थे । उनले सो आयसको पत्र पनि बुझाएका थिए । तर सम्झौतामा रहेको व्यवस्थाका कारण उनी यो सिजन बार्सिलोनामै रहन बाध्य भए ।

सिजनको अन्त्यसँगै मेस्सी बार्सिलोनासँगको सम्झौताबाट मुक्त हुने छन् । उनी त्यसपति स्वतन्त्र मूल्यमा जुन कुनै क्लब जान पाउने छन् ।

हालै पिएसजीका नेइमारले आउँदो सिजन जसरी भए पनि मेस्सीसँग खेल्ने इच्छा रहेको र त्यो पूरा गर्नै पर्ने बताएका थिए ।

उनको त्यो भनाईपछि मेस्सी पिएसजीमा अनुबन्धित हुने सम्भावनाका खबर आउन थालेका हुन् । अहिले पिएसजीले पनि मेस्सीलाई ल्याउन सकिने विकल्पबारे छलफल सुरु गरेको खबर आएको छ ।

मेस्सीले सिजनको अन्त्यमा मात्रै क्लब छोड्न पाउने भए पनि जनवरी १ देखि नै जान चाहेको सम्भावित क्लबसँग छलफल गर्न पाउने छन् ।


कस्तो लाग्यो ?

यो पनि