बैशाख ०८, २०८१, शनिबार
               

पश्चिमी क्षेत्रमा वर्षात् र हिमपात, मौसम अझै चिसो हुने

नेपाल फ्ल्यास
माघ २१, २०७८

ADVERTISEMENT

देशका पश्चिमी क्षेत्रका अधिकांश भागमा पानी परेकाे छ । हिमाली तथा उच्च पहाडी भागमा भारी हिमपात भएको छ । काठमाडौं आसपासका डाँडाहरूमा पनि हिउँ परेको दृष्य सजिलै देख्न सकिन्छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शुक्रवार बिहान देशभर मौसम बदली भई काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा हल्का वर्षा भइरहेको छ। दिउँसो पनि देशभर मौसम बदली रही मेघ गर्जनसहित असिना पर्ने र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।

राति पनि देशभर मौसम बदली रही प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा असिना पर्ने र वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा भने हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि