बैशाख ०७, २०८१, शुक्रबार
               

बट्टारमा दुईवटा बाइक ठोकिँदा दुईजना गम्भीर घाइते

नेपाल फ्ल्यास
कात्तिक २९, २०७८

ADVERTISEMENT

नुवाकोट । नुवाकोटको बट्टारमा मोटरसाईकल एक आपसमा ठोक्किँदा दुई जना गम्भीर घाइते भएका छन् ।

नुवाकोट आर्दश बहुमुखी क्याम्पस अगाडि विपरीत दिशाबाट आइरहेका दुई पल्सर मोटरसाईकल एक आपसमा ठोक्किँदा दुबै मोटरसाइकलका चालक गम्भीर घाइते भएको घटनाका प्रत्यक्षदर्शी दीपकराज केसीले जानकारी दिए ।

दुर्घटनामा घाइते भएकाहरुको पहिचान हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
घाइते भएका दुबैजनजालाई बेहोसकै अवस्थामा स्थानिय संजीवनी अस्पतालमा उपचारको लागि लगिएको छ ।


कस्तो लाग्यो ?

यो पनि