चैत १५, २०८०, बिहीबार
               

दुई लाख ९१ हजारसहित १८ जना पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

जिल्ला प्रहरी कार्यालयले चाडपर्वका समयमा जुवा खेल्ने १८ जनालाई रु दुई लाख ९१ हजार ६०५ सहित पक्राउ गरेको छ ।कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार जिल्लाका विभिन्न स्थानमा दसैँदेखि तिहारसम्मका अवधिमा जुवा खेलेका उनीहरूलाई पक्राउ गरिएको हो । उनका अनुसार असोज २८ गते खैरहनी नगरपालिका–९ मगनीबाट लुडो खेलेको अवस्थामा ९९ हजार ३२० सहित पाँच जना, कात्तिक १५ गते भरतपुर महानगरपालिका–४ यज्ञपुरीस्थित कटेजमा तास खेलेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । उनीहरूबाट नगद १६ हजार १५ बरामद भएको उनले जानकारी दिए ।

यस्तै कात्तिक १६ गते भरतपुर महानगरपालिका–६ चोकबजारबाट कौडा खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ । उनीहरूको साथबाट ५३ हजार ७० बरामद गरिएको थापाले बताए । यस्तै कात्तिक २० गते भाइटीकाको दिन कौडा खेलिरहेको अवस्थामा राप्ती नगरपालिका–८ बाट तीन जनालाई पक्राउ गरिएको हो । उनीहरुको साथबाट एक लाख २३ हजार २०० बरामद भएको थियो ।

प्रवक्ता थापाका अनुसार पक्राउ परेका उनीहरूको साथबाट ३२ वटा कौडा, चौकोष दुई थान, तास एक बुक, लुडो बोर्डसमेत बरामद गरिएको छ । पक्राउ परेका उनीहरूलाई अपराध संहिता ऐनअन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा कारबाही गरिएको उनले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि