बैशाख १३, २०८१, बिहीबार
               

बार अध्यक्षको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ

नेपाल फ्ल्यास
कात्तिक २३, २०७८

ADVERTISEMENT

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएसन आन्दोलनमा छन् । बारले मंगलबार पनि आन्दोलन जारी राखेको छ । 

सोही क्रममा मंगलबार बार अध्यक्ष चण्डेश्वर श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तीन महिला पक्राउ परेका छन् । बार अध्यक्ष श्रेष्ठको कार्यकक्षमा तालाबन्दी गर्न पुगेका तारा बरालसहित तीन जना महिलालाई बार कार्यालयको गेटअगाडिबाटै प्रहरीले पक्राउ गरेको हो । 

मुलुकको न्याय प्रणाली जोगाउनका लागि भन्दै उनीहरू तालाबन्दी गर्न पुगेका हुन् । 


कस्तो लाग्यो ?

यो पनि