बैशाख ०८, २०८१, शनिबार
               

दुर्लभ सानो खैरो गिद्धको अनुसन्धान

नेपाल फ्ल्यास
असोज २९, २०७८

ADVERTISEMENT

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा रहेका विश्वमै दुर्लभ मानिएको सानो खैरो गिद्धको अनुसन्धान गरिएको छ ।  शुक्लाफाँटा नगरपालिका–३ मा आएको विदेशी अनुसन्धान टोलीले दुई दिन गिद्धको अवस्थाबारे अनुसन्धान  गरेको हो ।

जर्मनका ट्रोस्टेन प्रोहेल र क्याट्रिन प्रोहेलसहित सौराहास्थित चितवन राष्ट्रिय निकुञ्जका नेचर गाईड यमनारायण महतोको टोलीले उक्त गिद्धको बासस्थान, आहारा र सङ्ख्याबारे अनुसन्धान गरी बिहीबार फर्किएको शुक्लाफाँटाका नेचर गाइड सुमन चौधरीले बताए । 

 “अनुसन्धानकर्ता विदेशी पाहुनाको टोली खयरकन्द्रा सामुदायिक घरवास (होमस्टे)मा दुई दिन बसेर निकुञ्जको मध्यवर्ती क्षेत्रमा अनुसन्धान गरी फर्किएको छ” उनले भने, “शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र त्यसको वरपरका सामुदायिक वनमा सानो खैरो गिद्धको बासस्थान रहेको छ ।”

सुरुका दिनमै सानो खैरो गिद्ध देख्न पाए पछि उत्साहित भएका उनीहरूले यसकोे संरक्षणका लागि सम्बद्धपक्षले चासो दिनुपर्नेे नेचर गाईड चौधरीले बताए । अनुसन्धानकर्ताले निकुञ्जको मध्यवर्ती क्षेत्रमा प्रकृति, पन्छी र मानवबीच घनिष्ट सम्बन्ध रहेको र यस्तो सम्बन्ध नेपालभरको बसाईमा अन्त देख्न नपाएको बताएका थिए ।

उक्त टोलीले चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी, दाङ, बर्दिया, कैलाली, कञ्चनपुरलगायत नेपालको हिमाली क्षेत्र मध्यपोखरा र मुस्ताङसम्म पुगेर पनि अनुसन्धान गर्ने बताइएको छ । उक्त गिद्ध नेपाललगायत दक्षिणपूर्वी एशियामा पाइने गरेको छ । यस प्रजातिका गिद्ध ३५० मिटरदेखि एक हजार ५२५ मिटरसम्मको उचाइमा पाइने गर्दछ । 


कस्तो लाग्यो ?

यो पनि