बैशाख ०६, २०८१, बिहीबार
               

नइ कीर्तिनिधि पुरस्कार थापालाई

नेपाल फ्ल्यास
असोज २३, २०७८

ADVERTISEMENT

पूर्वप्रधानमन्त्री  कीर्तिनिधि विष्टका नाउँमा स्थापित एक लाख रुपैंयाँ राशिको "नइ कीर्तिनिधि पुरस्कार" बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पुरस्कृत भएका छन्। 

कार्यक्रममा बोल्दै थापाले जीवनमा धेरै कठिन परीक्षाको घडी, घात/प्रतिघात पार गरेको भन्दै आफ्नो पछाडि कति भीड छ भनेर कहिल्यै नहेरी निरन्तर सत्य र निष्ठाको बाटोमा अबिचलित भएर हिँडिरहेको बताएका छन् । आज नई प्रकाशनद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीको हातबाट पुरस्कार ग्रहण गर्दै थापाले १०२ वर्षीय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट पुरस्कार ग्रहण गर्न पाउँदा आफूलाई भाग्यशाली महशुस गरे।  

राष्ट्रियताको पक्षमा लाग्नु आफ्नो जिम्मेवारी र कर्तब्य भएको भन्दै थापाले पुरस्कारले थप इमान्दारिता र निष्ठापूर्वक देश र जनताको हितमा काम गर्न प्रेरणा दिएको बताए । आम मान्छेले चिनेको बुझेको कमल थापाभन्दा आफू फरक भएको भन्दै उनले समय क्रममा त्यो स्पष्ट हुने समेत बताए ।


कस्तो लाग्यो ?

यो पनि