बैशाख ०८, २०८१, शनिबार
               

साविक विजेता ललितपुर इपीएलको प्लेअफबाट बाहिरियो

नेपाल फ्ल्यास
असोज १९, २०७८

ADVERTISEMENT

एभरेष्ट प्रिमियर लिग क्रिकेटमा प्लेअफ पुग्ने चार टिमकाे टुंगो लागेको छ । भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल आउट फिल्ट चिसो हुँदा स्थगित भएकाे छ । जसले गर्दा खेल नभएपछि दुवै टिमले १-१ अंक लिएका छन् ।

यसअघि पनि भैरहवा ग्लाडियटर्स र काठमाडौं किंग्स इलाभेनबीचको खेल वर्षाका कारण स्थगित भएपछि दुवै टिमले १-१ अंक लिएका थिए । आजको खेलमा काठमाडौंलाई जित्नै पर्ने दबाब थियो । यदि  आजको खेलमा काठमाडौं पराजय भएको भए प्लेअफमा ललितपुर पुग्ने थियो ।

आज दुवै टिमले अंक बाँडेपछि यसको घाटा डिफेन्डिङ च्याम्पियन ललितपुरले व्यहोरेको छ । ललितपुर र काठमाडौंको समान ३ अंक भए पनि रनरेटका आधारमा काठमाडौं प्लेअफमा पुग्न सफल भयो । 

प्रतियोगिताअन्तर्गत भोलि पहिलो क्वालिफायरमा चितवन टाइगर्स र पोखरा राइनोजबीच प्रतिस्पर्धा हुने छ । खेल बिहान साढे ९ बजे सुरु हुने छ । यसैगरी दिउँसो साढे १ बजे भैरहवा ग्लाडिटर्स र काठमाडौं किंग्स इलाभेनबीच प्रतिस्पर्धा हुने छ ।

काठमाडौं र भैरहवाबीचको विजेताले फाइनल प्रवेश गर्न बिहीबार चितवन र पोखराबीचको खेलमा पराजित हुने टिमसँग खेल्ने छ । ईपीएलको फाइनल खेल शनिबार हुने छ ।


कस्तो लाग्यो ?

यो पनि