चैत १५, २०८०, बिहीबार
               

आज ८६७ जना संक्रमित थपिए

नेपाल फ्ल्यास
असोज १६, २०७८

ADVERTISEMENT

नेपालमा थप ८६७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा शनिबार ८६७ जनामा संक्रमण पुष्टि भएको हो। 

५ हजार ५९८ जनाको पीसीआर परीक्षण गर्दा  ६५९ जना र २ हजार ६२१ जनाको एन्टिजेन परीक्षण गर्दा २०८ जनामा संक्रमण पुष्टि भएको हो। 

गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ९ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १५७ पुगेको छ। सोही अवधिमा १ हजार १२३ जना संक्रमित कोरोनामुक्त भएका छन्। 


कस्तो लाग्यो ?

यो पनि