चैत १६, २०८०, शुक्रबार
               

सरस्वती प्रधान एक लाख १५ हजार धरौटीमा रिहा

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

काठमाडौं । दलित भएकै आधारमा कोठा नदिएको आरोप लागेकी सरस्वती प्रधानसँग काठमाडौं जिल्ला अदालतले एक लाख १५ हजार धरौटी माग गरेको छ ।

बबरमहलकी प्रधानले तनहुँकी रुपा सुनुवारलाई दलित भएको बताएपछि कोठा भाडामा दिन अस्वीकार गरेकी थिइन् ।

त्यसका विरुद्ध सुनारले दिएको उजुरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले प्रधानविरुद्ध जातीय भेदभाव तथा छुवाछुत कसूर तथा सजाय ऐन २०६८ अनुसार मुद्दा दायर गरेको थियो ।

बुधबार प्रधान इजलास समक्ष उपस्थित भएपछि न्यायाधीश नारायणप्रसाद सुवेदीको इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको हो ।

जिल्ला अदालत स्रोतका अनुसार बुधबार अदालत उपस्थित भएकी प्रधानलाई बयान गराएर थुनछेक बहसपछि एक लाख १५ हजारमा रिहा गरिएको हो ।

प्रधानलाई प्रहरीले नियन्त्रणमा लिएपछि तत्काली शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ आफैँ गएर उनलाई सिंहदरबार वृत्तबाट लगेका थिए । त्यसका विरुद्ध सुनार सर्वोच्चमा रिट दायर गरेका थिए ।

रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश प्रकाशमान सिंह राउत र नहकुल सुवेदीको इजलासले मन्त्री श्रेष्ठसहितलाई निष्पक्ष छानबिन गर्न आदेश दिएको थियो ।

यो पनि