चैत १६, २०८०, शुक्रबार
               

पर्यटकका लागि खुल्यो अनअराइभल भिसा

नेपाल फ्ल्यास
असोज ०५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले विदेशी पर्यटकका लागि अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ ।

यसबारे औपचारिक निर्णय भने बुधबार हुने स्रोतले जनाएको छ ।

सरकारको निर्णयअनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने भएको हो ।

यस्तै खोप नलगाए पनि पिसिआर रिपोर्ट नेगेटिभ भएकाहरुले पनि विमानस्थलमै अनअराइभल भिसा पाउने भएका छन् ।

यस्तै सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइन पनि बन्द गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि