बैशाख ०८, २०८१, शनिबार
               

२५ किलो सालकको खबटासहित दुई पक्राउ

नेपाल फ्ल्यास
भदौ ३१, २०७८

ADVERTISEMENT

प्रहरीले २५ किलो सालकको खबटासहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–३ बस्ने ३८ वर्षीय सोनाम तामाङ र सोही ठाउँका ३२ वर्षीय ध्यानबहादुर तामाङ रहेका छन्। 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) काठमाडौंको टोलीले रामेछाप प्रहरीको सहयोगमा जिल्ला सदरमुकाम मन्थलीबाट उनीहरुलाई पक्राउ गरेको हो। वन्यजन्तु तथा वनस्पतिसँग सम्बन्धित अपराध अनुसन्धान तथा नियन्त्रणका लागि विशेष सूचनाका आधारमा टोली त्यहाँ पुगेको थियो। 

ब्युरोले आज एक सूचना जारी गरी उनीहरुलाई थप कारवाहीका लागि जिल्ला डिभिजन वन कार्यालयमा बुझाएको सिआइबीका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए।


कस्तो लाग्यो ?

यो पनि